January 26, 2009
आनन्द अर्कै
तिम्लाई सम्झनुमा पनि आनन्द अर्कै
केवल कल्पनुमा पनि आनन्द अर्कै
तिमी जस्तै सुन्दर को होला जगतमा
तस्विर हेर्नुमा पनि आनन्द अर्कै
मेरो त मनैमा अनेक याद डुल्छन
आँखा चिम्लनुमा पनि आनन्द अर्कै
आफ्नो चाहनाको महानायकको समु
मैन भै पग्लनुमा पनि आनन्द अर्कै










