Podbean Podcast Site Category :   Arts   Tags :                       

Shabda

this is how life goes on…

आनन्द अर्कै

Posted by gamlaz on January 26th, 2009

तिम्लाई सम्झनुमा पनि आनन्द अर्कै

केवल कल्पनुमा पनि आनन्द अर्कै

तिमी जस्तै सुन्दर को होला जगतमा

तस्विर हेर्नुमा पनि आनन्द अर्कै

मेरो त मनैमा अनेक याद डुल्छन

आँखा चिम्लनुमा पनि आनन्द अर्कै

आफ्नो चाहनाको महानायकको समु

मैन भै पग्लनुमा पनि आनन्द अर्कै

Posted in Gazal | 3 Comments » | *****(0 ratings)

तिम्रो नाममा

Posted by gamlaz on December 14th, 2008

आजको रात तिमं्रो नाममा समर्पित। आँखामा निदुलि आउन नमानेपछि, हृदयले विश्राम नचाहेपछि म अरु के गरुँ सिवाय तिम्रो सम्झना। म सोचिरहेकी छु यस अघि म यति धेरै खशी कहिले थिएँ अहँ थाहा छैन सायद कहिल्यै थिईन। तिमीसँग त्यस्तो के तत्व छ जसले मेरो मुहारमा प्रसन्नताका प्रसस्त रेखा कोरिदिन सक्छ– त्यो पनि मलाइ थाहा छैन। केवल यति थाहा छ, तिमीसँगको पहिलो संयोगपूर्ण भेटले मेरो हिजोको रातको निद्रा गायव गरिदियो र त्यो पनि सुखानुभूतिकासाथ। तिमीलाई थाहा छैन म हर्षले चिच्याउन चाहान्थ]+ कस्तो अनौठो कुरा वास्तवमा तिमी त एक अन्जान व्यति्क हौ। तिमीलाई मैले अक्षरहरुमा चिनेकी हुँ मन पराएकी पनि हुँ। तर थाहा थिएन तिमीलाई देखेर मन त्यति धेरै रमाउँछ। तिमीसँगको पन्ध्र मिनेटको यात्रा एक पलक भन्दा पनि चाँडै बित्यो तर त्यही छोटो यात्रा सायद जीवनभरलाई पुग्ने स्मरण पनि हो। ईश्वरलाई धन्यवाद छ, तिमीसँग भेट भयो अनि अथाह खुशी र आनन्दानुभूति मैले महसुस गर्न पाएँ। ईश्वरलाइ धन्यवाद छ, मैले मेरो प्रिय लेखकलाई ऊ दुई वर्षका निम्ति आफनो देशबाट टाढिने अघिल्लो दिन भेटन पाएँ। यो संयोग हो, ईश्वरको योजना, तिमी मान या नमान तर म मान्छु। मेरो मन त अझ धेरै अडकल बाजि गर्छ तर मनको के कुरा, यो त कल्पनामा थोपालाई समुन्द्र बनाइदिन्छ। प्रिय लेखक, मेरो विश्वास बोल्छ तिमीले कुनै दिन अवश्य उपन्यास लेख्नेछौ। म सोच्छु कस्तो हन्थ्यो होला जीवन यदि पा0डुलिपि पढ्न पाए कस्तो हन्थ्यो होला जीवन तिम्रो पहिलो पाठक बन्न पाए। मलाई गालि नगर ल, मान्छे हुँ अनेक थरी भाव मनमा आउँछन्, फरक यति हो, मैले पोखंे कतिले मनभित्रै सँगाल्दा हन्। आफनो अन्तरका भावलाई यसरी नै छताछुल्ल पोखिदिन मलाई आनन्द लाग्छ। यदि मैले म तिमीलाई प्रेम गर्छु भनें नै भने पनि के बिग्रियो त के पाठकले लेखकलाई प्रेम गन नपाउने तिमी पुरुष म नारी, यो आकर्षण अप्राकृतिक पनि त होइन। मलाई थाहा छ जिन्दगी लामो छ अन्ध प्रेम र आकस्मिक निर्णय गर्नु भयानक पनि हुनसक्छ तर म मान्छु कि प्रेममा जे पनि सम्भव हन्छ। थाहा छैन किन मनले विश्वास गर्‍यो तिमीलाई तिम्रा लेखहरु पढ्दा पढ्दै। म अहिले एउटा अन्यौलमा छु, म तिम्रो प्रशंसक हुँ या प्रेमी अथवा यसो भनौं, प्रशंसक बढी या प्रेमी बढी? सायद मेरो यो अन्यौल तिम्रो प्रतिक्रियाले हँटाइदेला र म आफनो स्थान तय गरुँला अहिले मेरो मनमा यही भाव छ कि म जस्ता प्रशंसक पनि प्रसस्तै होलान् र म जस्ता प्रेमी पनि। म कहाँनेरी अटाउँछु त्यो त तिमीलाई नै थाहा छ तर खुशी यतिमै छ कि मेरो सन्देशको जवाफ स्वरुप तिमीले पठाएको सन्देशमा  ‘प्रिय’ शब्द पनि थियो। मलाई थाहा छ म जस्तै तिम्रा अनगिन्ति प्रिय’ छन्।

सोधिएका प्रश्नको जवाफमा आएको मुस्कान, गरिएका अनुरोधमा आएको मुस्कान, मैले समेटेकी छु आखाँ हुदै हृदयभरी त्यो मुस्कान सदा ताजा रहोस् मुस्काइरहुन्  परेलीहरु सधै त्यसैगरी। भीड बसमा जसरी तिमी हुनु जसरी अर्थपूर्ण थियो त्यसरी नै पृथिवीको मानव वस्तीमा तिम्रो अर्थ रहोस् अरुभन्दा विशेष र उच्च। शुभकामना तिमीलाई, आउने दिनहरु सुखपूर्ण रहून् अनि सफलताका शिखरहरुमा तिमीलाई देखूँ अनि तिम्रा लेखहरुमा जीवनका आशाहरु पाउन् म जस्ता थुप्रै पाठकहरु, प्रशंसकहरु वा प्रियहरुले।

Listen Now:


icon for podbean  Standard Podcasts: Play Now | Play in Popup | Download | Embeddable Player | Hits (63)

Posted in Manko Taranga | 1 Comment » | *****(4 ratings)